सम्मान लिन र दिन सिकौं – नायिका बर्षा राउत

‘सम्पूर्ण ज्ञात अज्ञात सामाजिक संजालमा व्याप्त भाइरसहरु प्रति समर्पित,’ भन्दै नायिका बर्षा राउतले आफ्नो फेसबुक प्रोफाइलमा लामो स्टाटस पोस्ट गरेकी छिन् । पछिल्लो समय सामाजिक संजालको विकाशसंगै यसले विकृती पनि भित्राएको छ । ती विकृतीको शिकार सामान्य मानिस देखि पब्लिक फिगरसम्म बन्ने गरेका छन् । पछिल्लो समय नेपालमा विभिन्न व्यक्तिहरुले सेलिब्रेटीको फोटो हालेर फेक आइडी बनाएर जथाभाबी पोस्टहरु गर्ने गरेका छन् । त्यसले सम्बन्धित व्यक्तिको निजि जीवनमा त असर गरेको छ नै सामाजिक हिसाबमा समेत असर गर्ने गरेको छ । पछिल्लो समय हामीले देख्ने गरेका जथाभाबी पोस्टहरुको मारमा सायद नायिका राउत परिन् जस्तो छ उनले स्टाटस पोस्ट गर्दै भनेकी छिन् :-
कला र सृजनाको सम्मान एउटा स्वयमं कलाकारले भन्दा वढि सायदै कसैले गर्ला जस्तो लाग्दैन । हो हाम्रो वास्तविक कमाइ र धन भनेकै दर्शकहरु हुन् । तर फ्यान वा समर्थक हुँ भन्नेले केही प्रतिकृया दिनु पुर्व के वास्तविकता र के झुट्टा पनि बुझ्ने प्रयास गरिदिए हामीलाई नि हाम्रो कर्म प्रति अझ बढि आस्था हुन्थ्यो कि ?
फ्यानले कलाकारको मान र साख उच्च पार्नुपर्नेमा जथाभावि पेजहरु बनाई क्षणिक रमाइलोका लागी वाइहात पोष्टहरु गर्ने र अरु महानुभावहरु पनि सो कै पछि लागी नानाथरीका गाली गलौच गर्दा रत्तिभर पनि हाम्रो मिहिनेत सार्थक भएको भान हुदों रहेनछ ।
कसैको नाम र सम्मानसंग जोडिएका विषयलाई मजाक र क्षणिक हाँसोको विषय वनाउन छाेडि कला, साहित्य र सर्जकको सम्मानसंगै राष्ट्रिय उन्नतीमा हातेमालो गर्ने हो कि ?
सजग बनि सम्मान लिन र दिन सिकौं !!!
उनी एक प्रतिनिधी पात्र मात्र हुन् सामाजिक संजालमा ब्याप्त विकृतीको सिकार बनेकी । उनले बोल्ने हिम्मत गरिन अरुले लुकाएरै बसे । त्यस्ता विकृति विरुद्ध डटेर नलाग्ने हो भने त्यसको शिकार भोलि हामी आफैँ पनि हुन सक्छौं । कसैको नाम र पहिचानको प्रयोगले आज त हामीलाई रमाईलो लाग्ला केही उपलब्धी पनि होला तर भोली गएर त्यही उपलब्धी टाउको दुखाईको विषय नबनोस् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया