चैत्र ३०मा ‘लिली बिलि’सँग ‘नेप्टे’ भिड्दा बैशाख १४मा ‘कोहलपुर एक्स्प्रेस’को भिडन्त ‘ह्याप्पी डेज’सँग

नेपाली फिल्मी नगरिमा पछील्लो समय वार्षिक फिल्म निर्माण बढिरहेको छ । पछिल्लो समय फिल्म निर्माण गर्न जती कठिन छ त्यो भन्दा बढी कठिन प्रदर्शन मिती तय गर्नको लागि छ । फिल्म निर्माण बढेसँगै प्रदर्शनको पालो कुरेर बस्नुको बाध्यता पनि बढेको छ । पहिले महिनामा १-२ फिल्म चल्थे अहिले हप्तामै २-३ वटा सम्म फिल्म चल्न थालेका छन । यसले फिल्म निर्मातालाई त असर पारेको छ नै दर्शकलाई पनि अन्योलमा पारेको छ । कुन फिल्म हेर्ने कुन नहेर्ने । दर्शकलाई यही दोधार चैत्र ३० गरे र बैशाख १४ गते फेरी हुनेछ । बैशाख ३० गते फिल्म ‘नेप्टे‘ र ‘लिली बिली‘ रिलिज हुँदै छ भने बैशाख १४ गते ‘कोहलपुर एक्सप्रेस’सँगै ‘ह्याप्पी डेज’ ।

मिलन चाम्स निर्देशित फिल्म लिली बिलीमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ । मिलन चाम्स निर्देशित फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन ।
यता फिल्म ‘नेप्टे’मा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोहित रुम्बाको निर्माण रहेको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन ।

त्यस्तै बैशाख १४ गते नायिका केकी अधिकारीको डेब्यु निर्माण रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’सँगै मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ एकैसाथ प्रदर्शनमा आउने भएका हुन । मजाको कुरा के छ भने यी यी चार फिल्म मध्ये तिन फिल्ममा नायिका प्रियंका कार्कीको अभिनय रहेको छ ।
एकै मितिमा आफु अभिनित दुई वटा फिल्म रिलिज हुने भएपछि नायिका प्रियंका कार्कीलाई भने फसाद परेको छ । कुन फिल्म प्रचारमा हिंड्ने भन्ने दोधारमा छिन् उनी । छायाङ्कन सकेको लामो समय बितिसक्दा पनि प्रदर्शनमा नआएको फिल्म ‘ह्याप्पी डेज’ले प्रदर्शन मिती बार बार सार्दै आएको छ । र पछिल्लो समय बैशाख १४ गते नै फिल्म प्रदर्शनमा ल्याउने पक्का गरेको छ ।

आफ्नो फिल्मसँग अर्को फिल्म जुध्न आएपछी मेरोफिल्मसँग कुरागर्दै नायिका/निर्माता केकी अधिकारिले भनिन,’नेपाली फिल्म एकअर्कासँग नजुधेको राम्रो हो । त्यसमाथी हाम्रो फिल्ममा त एक्टर पनि सेम हुनुहुन्छ । हुन त यतिका फिल्म बनिरहेका छन त्यसैले पनि एकैचोटी २-३ वटा फिल्म रिलिज हुने सम्भावना त् सधैं छ । फिल्मको जनरा फरक छ त्यसैले दर्शकले आफ्नो रुची अनुसार फिल्म हेर्नुहुन्छ । शुभकामना दिन्छु दुई वटै फिल्मलाई दुई वटै चलोस ।
विशाल भण्डारीको डेब्यु निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’मा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामांग, विनोद न्यौपाने, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ । भने ‘ह्याप्पी डेज’मा प्रियंका कार्की, दयाहाङ राई र संजय गुप्ता मुख्य भूमिकामा छन् ।
पहिले कुनै हिन्दी फिल्म आउँछ कि मेरो फिल्मसँग जुध्छकी भन्ने डर हुन्थ्यो तर पछिल्लो समयको अवस्ठा त्यस्तो छैन । नेपालमै फिल्म निर्माण बढेको छ । र जिलिज मिती पनि जुधेका छन । भिडन्त देखिन थालेको छ ।  रिलिज मिती जुधेसंगै बाजी कस्को पोल्टामा जान्छ भन्ने आकलनहरु फिल्मी वृत्तमा हुने गरेका छन् । बाजी जसको पोल्टामा परेपनि एक नेपाली फिल्मका कारण अर्को मारमा पर्नु हाम्रैलागी घाटाको बिषय हो ।