‘स्टूडेन्ट अफ द इयर २’ मा टाईगर श्रफ


‘बागी २’ को सफलता पछि टाईगर श्रफ अर्को नयाँ फिल्म ‘स्टूडेन्ट अफ द इयर २’ का लागि तयार भैसकेका छन् । टाईगर लगायत उनको टिम पहिलो शूटिंगका लागि देहरादून पूगेका छन् । फिल्ममा टाईगरसँगै दुई एक्ट्रेसलाई देख्न पाइने भएकोछ ।जहा तारा सुतरी पहिलो पटक बलिउड फिल्म गर्दैछिन भने चंकी पान्डेकी छोरी अनन्या पान्डेले पनि बलिउडमा डेब्यू गर्ने छिन । फिल्ममा अनन्याले टाईगरसँग रोमान्स गर्ने छिन् । फिल्मको सुटिंग ९ अप्रिल देखि २० अप्रिलसम्म हुने बताईएको छ ।

‘स्टू्डेन्ट अफ द इयर’ २०१२ मा रिलिज भएको थियो । उक्त फिल्ममा आलिया भाट, वरुण धवन ,सिद्धार्थ माल्होत्रा लगायतले लिड रोल गरेका थिए । धर्मा प्रोडक्सनको ब्यानरमा तयार हुन लागेको फिल्ममा टाईगर श्रफ र अनन्या पान्डेको मुख्य भूमिका रहने बताइएको छ । बागी २ मा रफ टप देखेका टाईगर , ‘स्टूडेन्ट अफ द इयर २’ मा चक्लेटी हिरोका रुपमा देखिने भएका छन् । फिल्म डाईरेक्टर पूनीत माल्होत्रा रहेका छन् ।