कान्छी प्रदर्शनको ५१औँ दिन

फागुन ४ बाट प्रदर्शनमा आएको फिल्म कान्छी प्रदर्शनको ५१औँ दिन पुगेको छ । नायिका श्वेता खड्काको निर्माण रहेको फिल्मले राजधानीका केही हलहरुमा ५१ औं दिन मनाउन सफल भएको हो । आकाश अधिकारीद्वारा निर्देशित यस फिल्ममा श्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा कामेश्वर चौरासिया, आशान्त शर्मा, अनु शाह, प्रज्वल सुजर गिरी, भूमिका श्रेष्ठ लगायत रहेका छन ।

काया फिल्म्स प्रा.लि र बुम रेमिटको प्रस्तुति रहेको फिल्मले राजधानीका गोपी कृष्ण, गुण सिनमा र अस्ट नारायण गरी ३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो ।