आलियाको ‘राजी’ ट्रेलर सार्वजनिक

आलिया भाटको फिल्म ‘राजी’ को ट्रेलर रिलिज भएको छ ।  फिल्ममा आलिया भारतीय जासुसको भूमिकामा छिन जो पाकिस्तानमा रहेर भारतको लागि काम गर्ने गर्छिन । फिल्मको कथा रोचक रहेको अनुमान गर्न सकिन्छ । ‘राजी’ मा मेघना गुलजारको डाइरेक्सन रहेको छ । यस फिल्म भन्दा पहिला उनले फिल्म ‘तलवार’ गरेकी थिइन् ।

आलियाले  फिल्म इन्डस्ट्रीमा आए देखि नै फरक फरक किसिमको भूमिका गर्दै आएकी छन् । हाइवे, उड्ता पन्छी लगायतमा उनले दमदार अभिनय गरेकी थिइन् ।यस पटक पनि यस्तै भूमिकामा देखिने अनुमान गर्न सकिन्छ । ट्रेलरमा आलियाकी आमा सोनी राज्दान पनि देखिएकी छन् ।