नम्रता खुशी, अनमोल झनै खुशी

- मेराेफिल्म

टेलिभिजनमा एउटा विज्ञापन लोकप्रिय थियो, ‘बच्चा खुशी, आमा बाबु झनै खुशी ।’अहिले नेपाली फिल्म क्षेत्रमा पनि यस्तै भएको छ । ‘हिरोइन खुशी, हिरो झनै खुशी ।’ अभिनेता अनमोल केसीका लागि लाखौ यूवती मरिहत्ते गर्छन् । तर, अनमोलको दिल भने अभिनेत्री नम्रता श्रेष्ठमा बस्यो । नम्रता श्रेष्ठको शैली, ग्ल्यामरले आफूलाई प्रभावित गरेको भन्दै अनमोलले उनीसँग बिहे गर्न मन लागेको बताए । फिल्म क्षेत्रका यत्रा अभिनेत्रीमा अनमोलको मन नम्रतामा गयो ।

अनमोलको यो प्रस्तावमा नम्रताको जवाफ आएको थिएन । तर, उनले पहिलो पटक अनमोलको बिहेको प्रस्तावमा जवाफ दिइन् । नम्रताले भनिन्–‘मलाई एकदमै खुशी लाग्यो ।’ नम्रताले यतिमात्र भनेर जवाफ त टुंगाइन् । तर, अनमोलले बिहे गर्ने प्रस्ताव राख्दा नम्रता खुशी देखिइन् ।
नम्रताको जवाफले अनमोल पनि पक्कै खुशी भए होलान् । यसैलाई भन्छन्–‘नम्रता खुशी, अनमोल झनै खुशी ।’

२०७४ चैत २७ गते १२:४५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *