‘रेड’को कलेक्सन सय करोड बढी


सिक्रेट सुपरस्टार, बागी २, पद्मावत, सोनु के टिनु पछि फिल्म ‘रेड’ २०१८ को १०० करोड बढि कमाउने फिल्म बन्न सफल भएको छ । पहिलो दिन १०.४ करोड कमाएको यस फिल्मले दोस्रो दिन १३.८६ करोड ब्यापार गरेको थियो भने तेस्रो चौथो पाचौ दिन क्रमस १७.११, ६.२६, ५.७६ कमाउन सफल भयो ।  छैटौँ दिन ५३.०३ करोडको कलेक्सन गरेसंगै फिल्मले १ सय १४ करोड कमाउन सफल भएको छ ।

अजय देवगन को मुख्य भूमिका रहेको फिल्म ‘रेड’ को निर्देशन राजकुमार गुप्ताले गरेका थिए । अन्य कलाकारहरुमा इलियाना डिक्रुज, सौरभ शुक्ला र अमित सायल लगायत रहेका छन् । रेड सत्य घटनामा आधारित फिल्म हो । अजय देवगनले ट्याक्स अफिसरको भूमिका निभाएका छन् भने एलियना डिक्रुजले अजयकी श्रीमतीको भूमिका निभाएकी छन् ।