मनिषको हर सासमा मलिना

फिल्म तिमी हुन्छौ जहाँ जहाँको ‘तिम्रो हर सासमा’ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘तिम्रो हर सासमा’ गीतमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको छ । फिल्मका मुख्य कलाकार नायिका मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ फिचर गरिएको भिडियो कबिराज गहतराजले कोरियोग्राफी गरेका हुन ।

फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सँगै, बर्षा सिवाकोटि, तमन्ना केसी, स्वरूप पुरुष ढकाल लगायतको अभिनय रहेको छ । राम शरण उप्रेतीको छायाङ्कन रहेको फिल्ममा पटकथा तथा सम्बाद माधव घिमिरेको रहेको छ । फिल्म भुपेन्द्र अधिकारी र सालीक सुवेदीले सम्पादन गरेका हुन ।

बिना कार्की सह निर्माता रहेको फिल्म मदन दवाडी, डाल चन्द्र दवाडी र हरी प्रसाद अधिकारिले संयुक्त रुपमा निर्माण गरेका हुन । बिकास बस्यालको लेखन तथा निर्देशन रहेको फिल्म असार ७ गते बाट अल नेपाल रिलिज हुँदैछ ।