प्रेम छ र त मलिना छिन्

कतिपय कलाकारलाई त फिल्म नचलेपनि खासै फरक पर्दैन । अभिनेत्री मलिना जोशी यस्तै भाग्यमानीमा पर्छिन् भन्दा के होला ?
कारण, उनलाई फिल्म नचलेपनि के भाको छ र ? मिडियामा आउने प्रेमको चर्चाले पुगेकै छ नी । प्रेममा परेपनि नपरेपनि मलिनाको नाम जोडिन छोडेको छैन ।

अभिनेता अनुप विक्रम शाहीसँग प्रेममा रहदाको समयमा यसकै चर्चा भयो । मलिना र अनुपले प्रेममा छौ भनेनन् तर छैनन् भन्ने खबर पनि कहिले आएन । पछि, ब्रेकअपछि बल्ल मलिनाले अनुपसँग प्रेम थियो भनिन् र केहि समय चर्चा पाइन् ।
मलिनाले अभिनय गरेका फिल्म चलेका छैनन् । तर, फेरि उनलाई चर्चामा ल्याउन अर्का एक अभिनेता आइपुगेका छन् । फिल्म ‘रानी’ असफल भएर रन्थनिएका अभिनेता सारुक ताम्राकार र मलिनाको प्रेम चर्चा छ । मलिनाले सारुकसँग कालिञ्चोक घुम्न गएको तस्बिर इन्टाग्राममा पोष्ट गरेपछि हल्ला हुने नै भयो ।

मलिनाले सारुक साथी मात्र भएको बताएकी छिन् । तर, अनुपसँग पनि त्यती लामो समय प्रेममा रहँदा उनले कहिले मेरो प्रेमी हुन् भनिन् र । जे भएपनि, प्रेम छ र त मलिना छिन् । होइन भने त मलिनाले फिल्मबाट चर्चा कहिले पाएकी हुन् र ?