जात्रा, शत्रु गते पछी अब ‘जात्रै जात्रा’ निर्देशन गर्दै प्रदिप भट्टराई, कलाकार पुरानै
_1cvatjg8wlxifhsqzds4hvhbjqfqrt96kjgchocprhvtu6wc3ex6v81wc5ph.png)
सर्बाधिक अवार्डे प्राप्त गर्न सफल फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ बन्ने भएको छ । ‘जात्रा’ डेब्यु डिरेक्टर प्रदिप भट्टराईले नै ‘जात्रै जात्रा’ निर्देशन गर्ने छन । पछील्लो समय उनले निर्देशन गरेको फिल्म ‘शत्रु गते’ तेश्रो सातामा सफलतापुर्वक प्रदर्शन भैरहेको छ ।
‘जात्रा’मा अभिनय गरेका कलाकारहरु विपिन कार्की, वर्षा राउत, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकार ‘जात्रै जात्रा’मा पनि दोहोरिने छन् भने केहि नयाँ कलाकारहरुको पनि खोजि भैरहेको निर्देशक भट्टराईले जानकारी दिएका छन् ।
हाल कथा लेखनको कार्य भैरहेको फिल्मलाई रविन्द्रसिंह बानियाँले निर्माण गर्न लागेका हुन् । फिल्म २०७५ आसार अन्तिमबाट फ्लोरमा जानेछ भने फागुनमा रिलिज गरिने छ ।

अदितीलाई घरकै फिल्मको आशा

भारतीय अवार्ड पाएपछि श्रद्धालाई मिलेको खुशी

माता–पिता बन्न लागेको दुर्गा र अर्जुनको फोटोसुट

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया