४४ लागे केदार घिमिरे (माग्ने बुढा)

२०३१ चैत्र २८ गते मकवानपुर जिल्लामा जन्मिएका केदार घिमिरे (माग्ने बुढा) आजबाट ४३ पुगेर ४४ बर्ष लागेका छन ।

नेपालको हाँस्य अभिनयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल घिमिरेले सन २००२बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । उनले आफ्नो अभिनय मार्फत करोडौँ नेपाली जनताको मन जित्न सफल भएका छन । ल को बिद्यार्थीको रुपमा उनले कलेज सुरु गरेका थिए । २०५१ मा उनि फुटपाथमा पसल गर्थे त्यसपछी ट्युसन पढाउन थाले र बिस्तारै अटो रिक्सा किने उनले ३वटा अटो रिक्सा बनाए र त्यसलाई पनि बेचेर पछि इलेक्ट्रोनिक सामानको होलसेल पसल खोले । रेडियो कलाकारको रुपमा २०५८मा रेडियो एच.बि.सि एफएममा काम सुरु गरे । त्यस समयमा उनले प्रोग्राम प्रेजेन्टरको रुपमा नेपाली हाँस्य कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरि बंस आचार्य, सन्तोस पन्त, गोपाल राज मैनाली, बसुन्धरा भुसाल लगायतको इन्टरभ्यु लिए । उनले अभिनय दमन रुपाखेतीबाट सिकेका हुन् । पहिलो पटक उनले ‘हिजो आजका कुरा’बाट काम सुरु गरे जसको निर्देशन सन्तोस पन्तले गरेका थिए । जितु नेपालको ‘गितान्जली’, दमन रुपाखेतिको ‘लोक लहरी’, दिपक राज गिरिको ‘तितो सत्य’, शिवहरी पौडेल र जितु नेपालको ‘जिरे खुर्सानी’मा समेत उनले काम गरे ।

घिमिरे मेरी बास्सै टेलिफिल्मका स्क्रिप्ट राइटर, एक्टर तथा निर्माता समेत रहेका थिए । उक्त टेलिफिल्ममा उनि माग्ने बुढाको भूमिकामा देखा परेका थिए भने उनको ‘अहिले लात्ताले दिएर बारीको पाटामा पुर्याइदिन्छु’ डाइलग निकै चर्चित छ । नेपालको राजनीतिमा आधारित २ वटा गित (लोकतन्त्र गणतन्त्र, मन्त्रिको सालो) समेत घिमिरेले बजारमा ल्याइसकेका छन् । घिमिरेले नेपाली कमेडी फिल्म ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छक्का पन्जा’, छक्का पन्जा २’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन भने उनी पछील्लो समय फिल्म ‘रामकाहानी’को सुटिङमा ब्यस्त छन । सिता देवी तिमल्सेनासँग वैवाहिक बन्धनमा बाँधिएका केदारका एक छोरा र एक छोरी छन । उनको टोल नजिकैको एक ग्यारेजमा काम गर्ने इम्ताज महसिन नाम गरेका व्यक्ति जसले पढ्न पाएका थिएनन् उनलाई डेड घण्टा पढाएर उनले आफ्नो जन्मदिनको सुरुवात गरेका थिए । उनले भने ‘आज मेरो जन्मदिन भएर पनि अलि फुर्सदमा थिएँ त्यसैले म आफैँ गएर पढाएँ । अरु दिन म बिजी हुँदा टोलका अन्य व्यक्तिहरुलाई पनि पढाउन लगाउँछु । सके सम्म र भ्याए सम्ममा पढाउन म आफैँ जान्छु । मैले सबैलाई भनेको छु यी भाईलाई हामी सबै मिलेर पढ्न सक्ने बनाउनु पर्छ ।’ मनकारी माग्ने बुढा केदार घिमिरेलाई मेरोफिल्मको तर्फबाट जन्मदिनको शुभकामना ।