शाहिद पत्नी मीरा फेरी प्रेग्नेन्ट ?


शाहिद कपूरकी पत्नी मीरा राजपूत प्रेग्नेन्ट भएको शंका हुन थालेको छ । कहि समय अघि उनी ब्लाक टिसर्ट र ग्रे स्कर्टमा देखिएकी थिइन । यहि क्रममा उनको बेबी बंप देखिएको हो की भन्ने आशंका गर्न सकिन्छ । अहिलेसम्म खबर पुस्टि नभए पनि यी दुइको कुरा बाट यो कुराको आसंका गर्न सकिन्छ । एक इन्टरभ्युमा मीराले दोस्रो बच्चा नभएसम्म आफ्नो करियर नसोच्ने बताएकी थिइन् ।

शाहिदले पनि एक म्याग्जीन ईन्टरभ्युमा मीराले दोस्रो बच्चाको धेरै ईच्छा राखेको बताए । यो जिम्मेवारीबाट फ्री भएर आफ्नो करियरमा लाग्ने मीराले सोचेकी छन् । शाहिद र मीराका कुराले लाग्छ कि फेरी यो जोडी छिट्टै नया बच्चाको तयारीमा छन् । सही के हो त समयले नै बताउने छ । मीरा पनि बलिउडमा आउन लागेका हो भन्ने खबर समय समयमा आउने गर्छ तर यो बिषयमा भने शाहिदले उत्तर दिन चाहेनन् ।