छाड्दा छाड्दा पत्याउनै छाड्लान् नी बर्षाजी

कुनै पनि फिल्ममा काम गर्ने वा नगर्ने भन्ने कलाकारको व्यक्तिगत निर्णय पनि हो । मन लागे गर्ने र मन नलागे नगर्ने अधिकार उनीहरुलाई हुन्छ । तर, कहिलेकाही राम्रा ब्यानर र राम्रो कलाकारको फिल्म पनि छाडिदिदा फिल्म मेकरले पत्याउनै छाड्ने अवस्था आउन सक्छ ।

करिब एक महिनाको अन्तरमा अभिनेत्री बर्षा राउतले २ वटा फिल्म छाडेको खबर सार्वजनिक भयो । निर्देशक विकास आचार्यले फिल्म ‘नाई नभन्नु ल ५’का लागि गरेको अफर उनले अस्विकार गरिन् । फिल्ममा फुपूको भूमिकामा काम गर्नुपर्ने भएकाले उनले सो भूमिका नगरेको खबर बाहिरियो ।
बर्षालाई विकासले नै फिल्म ‘नाई नभन्नु ल ४’बाट फिल्म क्षेत्रमा भित्राएका थिए । त्यसको केही दिन वित्न नपाउँदै बर्षाले निर्माता केशव भट्टराइको फिल्ममा संझौता गरेर पनि छाडेको खबर आयो । एक विज्ञापनमा काम गर्नैका लागि बर्षाले अभिनेता सलिमान बनियाँसँगको जोडी टुक्राइन् । बर्षाले यो फिल्ममा काम गरेको भए उनलाई फाइदा हुने थियो ।
यसरि, बर्षाले देशकै चर्चित निर्माताका फिल्म अस्विकार गरिन् । यसरि, फिल्म छाड्दा छाड्दा मेकरले पत्याउनै छाडे भने के होला बर्षा जी ?