भ्रामक समाचार प्रती नायक अनमोल केसीको ध्यानाकर्षण

नायक अनमोल केसीले आफुले भन्दै नभनेको कुरामा भन्न सक्छन भन्ने हिसाबको टाइटल राखेर समाचार सम्प्रेसण गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै फेसबुकमा एक स्टाटस पोस्ट गरेका छन ।

उनले उक्त पोस्टमा लेखेका छन,‘केही online media ले मैले नभनेकोकुरालाई hypothical headline राख्दै लेखीएको समाचार प्रती मेरो गाम्भिर ध्यानाकर्षण भएको छ । सम्पूर्णमा मेरो अपिल …यो headline हेरेर नझुकिनु हुन अाग्रह गर्दछु र समाचार बिकाउने उद्देश्यले कसैको पनि चरित्र हत्या नगरिदिनु हुन पनि अनुरोध गर्दछु । सबैलाई मेरो सम्मान र सद्भाब रहेको छ । 
उनी मात्र ति कलाकार होइन जो यस प्रकारका भ्रामक समाचारको शिकार भएका छन । पछिल्लो समय अनलाइन मिडियाको बिकास सँगै अरुलाई जित्ने होडबाजिमा कलाकार शिकार हुनुपरेको छ । त्यसै प्रती लक्षित अनमोलको यो स्टाटसले पक्कै महत्व राख्दछ ।