जितेर पनि हारमा छन् पुष्प (भिडियो)

गायक शिव परियारको स्वर रहेको ‘जितेर पनि हारमा छु’ बोलको गीत सार्वक भएको छ । यो गीत सुरेश वाग्लेको गीती एल्बम ‘तिमी साथ भएपछि’मा समावेश छ ।
सुरेश यस गीतका गीतकार हुन् भने गीतमा हरी लम्सालको संगीत रहेको छ ।
गीतमा सबै कुरा जेतेर पनि मान्छे भित्री रुपमा दु:खित हुन्छ वा आफैसँग हारिरहेको हुन्छ भन्ने परिवेश सम्झेर गीत लेखिएको गीतकार सुरेश वाग्लेले बताए । त्यस्तै, गायक शिव परियारले पनि गीतको शब्द तथा संगीत एकदमै राम्रो भन्दै यस गीतले पुरानो गजल गीतको ट्रेन पुन:स्थापित गर्ने बताए । उनले भने ‘धेरै पछि एक राम्रो गीत गाउने मैक पाएको छु । दर्शक-श्रोताले यस गीतलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’
शान थापाको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा पुष्प खड्का र मरिष्का पोखरेल फिचरिङ छन् । गीतको शब्द अनुसारको भिडियो तयार गरिएको निर्देशक शान थापाले बताएका छन् । उनले भने ‘गीतको शब्द एकदमै राम्रो छ । त्यहीँ शब्द अनुसारको भिडियो बनाएको छु ।’ अर्जुन तिवारीको छायाङ्कन रहेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
यस एल्बममा समावेश एक गीत ‘तिमी साथ’लाई धेरै दर्शक-श्रोताले मन पराएका छन् । बुद्ध लामाको स्वर रहेको उक्त गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा पनि पर्न सफल थियो । हाल उक्त गीतले युट्युबमा ११ लाख बढि पटक हेरिएको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया