‘न्यू एयर म्युजिकल फिएस्ट’मा केकी अधिकारीसंगै लाउरे र डिजे सायना क्याथ्रिन

स्पेक्स 14को आयोजना तथा ट्रान्स् टेक मिडियाको सहकार्यमा पोखरा स्थित डिज्नी गार्डेन, लेक साइडमा ‘न्यू एयर म्युजिकल फिएस्ट २०७५ ‘ सुरु हुने भएको छ ।

चैत्र २९ देखी बैशाख १ गते सम्म चल्ने सो फिएस्टमा बिभिन्न साङ्गितिक प्रस्तुती सहित फेसन शो र फूड स्टल्स समेत रहने छ । फिएस्टमा चर्चित र्यापर लाउरे, लोक गायक रामजी खाँड र अन्तरराष्ट्रिय डिजे सायना क्याथ्रिन सहित मुक्ती एण्ड रिभाइभल, त्रिश्ना गुरुङ, डिजे कान्छी, कर्मा रुम्बा, डिजे सस्पोइसन, लक्ष्य ब्याण्ड, पिक्चर्स ब्याण्ड, यूसिन एण्ड द ब्ल्याक सिप, द ड्रिमर्ज ब्याण्ड, लगायतको प्रस्तुती रहने छ । सो फिएस्टमा आयोजना हुने फेसन शोमा शो स्टपरको रुपमा नायिका/निर्माता केकी अधिकारीको उपस्थिती रहने छ । उनको निर्माण तथा अभिनय रहेको फिल्म कोहलपुर एक्स्प्रेस यही बैशाख १४ गते देखी प्रदर्शनमा आउँदै छ ।