‘लम्फू’ ट्रेलर सार्बजनिक

फिल्म ‘लम्फू’को ट्रेलर सार्बजनिक गरिएको छ । ट्रेलरमा एक बिरोजगार यूवाको बिदेशप्रतिको मोह, पे्रम जीबन र शहरमा आएपछिको संघर्षलाई फिल्मले देखाउन खोजेको देखिन्छ ।

फिल्मले गाउँ र शहरको परिबेश समेत प्रष्ट रुपमा चित्रण गर्न खोजेको छ । फिल्ममा सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोख्रेल,चाँदनि शर्मा, सन्जित भन्डारी, कुसुम श्रेष्ठ (तरकारिवाली), अजित लामिछाने, आयन खड्का, जानुका पौडेल, पुष्पा आचार्य, सन्तोष कार्की, ओम गुरुङ्ग लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा गोपाल चन्द्र लामिछानेको निर्देशन, भुपतिको पटकथा र अस्ट महर्जनको द्धन्द्ध रहेको छ ।

फिल्ममा अर्जुन पोख्रेलका संगीत रहेको छ भने शिव परियार, दुर्गा खरेल, प्रमोद खरेल, सुरेस लामा, अप्सरा घिमिरे लगायतका ायक गायिकाहरुले स्वर दिएका छन् । नृत्य निर्देशन रामजी लामिछाने र शिव बिकको रहेको छ । शक्ती बलदाव घोरासैनिको निर्माण रहेको फिल्मलाई पपूलर मल्टिमिडियाको ब्यानरमा निर्माण गरिएको हो । फिल्म बैशाख २८ गतेबाट अल नेपाल रिलिज हुँदै छ ।