आजबाट हलमा ‘लिलि बिली’ र ‘नेप्टे’, शत्रु गतेलाई अझै १६ शो
![](https://snowberry.prixacdn.net/media/gallery_folder/lilybily-nepte_ZiWNagROYC_bq5i8mwx2bv8nixafdpxtmjjtnw3uhhcl1fb7u6ne4gce0lintjlm7zq44gr_GaxkaehkcM_pbtnrtzpzmfrylsebpn8ilnw4x1ugqvhsexvmmih6kcm9kivwvpck26o5yyv.jpg)
आज वर्षको अन्तिम दिन, बर्ष कै प्रतिक्षित फिल्म ‘लिलि बिली’ रिलिज भएको छ । देशभर ७८ वटा हलमा रिलिज भएको फिल्मले काठमाडौंका मल्टिप्लेक्स हलमा समेत अधिकाङ्श शो पाएको छ । क्युएफएक्स चेनमा मात्र २५ शो पाएको लिली बिलीले बिग सिनेमामा ७ शो पाएको छ । सिङ्गल थिएटरमा बिहानी शो अधिकाङ्श हाउसफुल भएको निर्माता तथा बितरक गोबिन्द शाहीले बताएका छन ।
लिलिबिलीलाई बर्ष कै प्रतिक्षित फिल्म मानिएको छ । प्रतिक्षित यस अर्थमा पनि छ कि नायक प्रदिप खड्काले यस फिल्मलाई आफ्नो अर्को डेब्यु फिल्म भनीरहेका थिए । प्रेम गीत २ हिट भएपछी उनलाई चुनौती थपिएको छ । अहिले उनको जुन स्टारडम छ त्यसलाई बचाई राख्न पनि लिलि बिली हिट हुनैपर्छ । नत्र प्रदिपलाई ‘स्टार’ भन्ने शब्द निल्नु न ओकल्नु हुनेछ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन ।
सँगसँगै आजैबाट रिलिज भएको फिल्म ‘नेप्टे’ले देशभर ६५ वटा हल पाएको छ भने काठमाडौं मल्टिप्लेक्समा ११ शो पाएको निर्माता/नायक रोहित रुम्बाले बताएका छन । ‘नेप्टे’मा दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । रोहित रुम्बाको निर्माण रहेको ‘नेप्टे’मा हरी घले लामाको छायाङ्कन, किरण माइकलको पटकथा एवम संवाद रहेको छ भने फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन । चौथो हप्तामा प्रदर्शन भैरहेको शत्रु गतेले अझै क्युएफएक्स चेनमा १६ शो पाएको छ । बलिवूड फिल्म बागी-२ पनि नेपाली हलमा अझै प्रदर्शन भैरहेको छ । यसले लिली बिलिको इनिसियल ब्यापारमा पक्कै घाटा लाग्ने छ तर फिल्मको प्रतिक्रिया कस्तो आउँछ त्यसले पनि भोलिको दिनमा फिल्मको ब्यापार कस्तो हुनेछ भन्ने आकलन गर्न सकिएला ।
![‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520puru_bGbkrVogPB_73wkyw2ukpsd84cthgdw0wfuaybk3glhxdv8ztqgatphouyidbmwzkp7ko9n_7LzRpJ09At_dudunhv89qoxlu7yymaa0wdft8galorr2vqswpqzkd9rrdncplgslsekjtcy.jpg)
‘पिताम्बर’को टिममा पुरुषोत्तम र प्रदीपबिचको लफडा के हो ?
![सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’](https://snowberry.prixacdn.net/media/gallery_folder/life%2520damage_3fkzDgGw1L_1cblahgjnqs45hwbo9n3hlyyqisl0qu3mllmgc5o0lipqqx2t1shqjohhtkb_8E2SlK4ilC_kuq7yjexjfsqohordcl6tm5lzgu0j4orhe7jezmlpfdeekiqlwlgoruc2yui.jpg)
सुरक्षा र निमेषको ‘लाइफ ड्यामेज’
![लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_9YEaNd6EVu_eqev7dnunewmt8xcfjogu8tv0dmcqrhvutyk03t6n6jh0pcp31psronxlutf_b0JWLR47yz_gagxaijfwltpypi1l0ax3zvotsm6kcdqllab3iw0uysqvtby0byn8qwn32yp.jpg)
लोकदोहोरी गीतबारे प्रियंकाले किन दिइन् स्पष्टिकरण ?
![‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो](https://snowberry.prixacdn.net/media/gallery_folder/balidan%2520movie_JY5jgyULiz_ldicnyus1q89vvmcwe3jddgoxmrem4c8ixrlnswftc1yeysko11bbswpljjm_0866V22p8P_nrnudtbaophtf1fbhotqknzggie4iaxmofj022ro3oq2yzznvyjcyhne2yfj.jpg)
‘बलिदान’का लागि द्धन्द्ध निर्देशक र छायांकार भारतबाट भित्राइयो
![लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति](https://snowberry.prixacdn.net/media/gallery_folder/dinesh%2520dc%2520and%2520ligden_aaIK7zxMJ2_2i4iyzahmookpdqrwsavubrxzjtynw3cpnqh4kzuaafpznlxoqpocucdktzj_qtb8vMUI60_hb99rdmpn9vyvfih4xistvi8b78jvznrltsmdwcxkpjiw8cu7n28ei7tnupm.jpg)
लिङ्देनको तर्कमा दिनेश डीसीको असहमति
![वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा](https://snowberry.prixacdn.net/media/gallery_folder/sahu%2520ba_6EUvUb8w4z_txyzieeolhmvkgywbpjc6jxlcbarhbysvuhvnnlvaen6bhnsme7xhdulzljn_8dDMLDdWrR_e6q6gfrottyyoctz5sb0v6cqw8u0x5vocgzxzdow5kvpkybli6ldgr2xxhi6.jpg)
वेब सिरिज ‘साहु बा’को टिजर रिलिज, प्रियंकादेखि कवितासम्म पर्दामा
![चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/joi%2520sab%2520shoot_Gcb4r5jlRd_mc9woqt2ozdfhglx1kn8gkddxrnx6eawsjsnimzkgbtgzqdlizgdhdmvouzr_N5uKxtGpJt_hptg0u84ngeofnt5qmy6vr6qjkvxvtxw3rdtvv0qkyzhmevxdlx1gl4mubz2.jpg)
चित्लाङबाट जीतु र नीतिको ‘ज्वाइँ साब’को छायांकन सुरु
![के ‘फर्की फर्की’ ब्लकबस्टर हुने दौडमा देखिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anmol%2520craze_t831Dvo0YI_6zv8uygzje4hhjl6af7h5s5gm3enfrsfitunzofpqlxfwmwjf3ynffuruaoz_QEmu8yULTl_qymeo2t8v7iuhirdn7sltjqw4nd83g69skz1qlibhujsk4njalg71mxuj2hl.jpg)
प्रतिक्रिया