एसएलसीमै अड्किएका सेलिब्रेटी

जीवनमा को के बन्ने भन्ने कुरा एसएलसीले नै निर्धारण गर्छ । एसएलसीसँगै धेरैले जीवनका सुनौला सपना देखेका हुन्छन् । कतिका सपना पूरा हुन्छन् त कतिका हुँदैनन् । तर कतिका सपना भने एसएलसी बिन नै अर्थात कम पढाइका बाबजुत पनि पूरा भएका हुन्छन् । प्रशिद्ध कवि रविन्द्रनाथ टैगोर सात पटकसम्म एसएलसीमा फेल भएका थिए । तर उनले जीवनमा पाउनु पर्ने जति सफलता पाए । त्यस्तै केही वैज्ञानिकहरु पनि पढाइमा रुचि नै राख्दैनथे भन्ने सुनिन्छ । तर उनीहरुले विश्व प्रसिद्ध हुने गरी धेरै कामहरु गरेका छन् । आज हामी केही नेपाली कलाकारहरुको एसएलसीसम्मको पढाईका बारेमा चर्चा गर्दैछौँ । जसमध्ये कोहीले पटक पटक एसएलसीमा ‘चौथो’ डिभिजन’ ल्याएका छन् भने कोहीले त्यो अवसर नै पाएका छैनन् ।


हरिवंश आचार्य

नेपाली हाँस्यव्यङग्यमा वरिष्ठ कलाकारका रुपमा चिनिएका कलाकार हरिवंश आचार्यले एलएलसीमा दुईपटक ‘चौथो’ डिभिजन’ ल्याएका थिए । तर उनले तेस्रो पटकमा भने तस्रो श्रेणीमै उर्तिण गरे । हरिवंशको यो कुरा धेरैलाई उनको जीवन भोगाइको पुस्तक चिना हराएको मान्छे पढेपछि नै थाहा भएको हो । उनले एसएलसी फेल हुँदाको अनुभव पुस्तकमा निकै मजाले उल्लेख गरेका छन् । आफ्नो जीवन भोगाइको कथा समावेश भएको चिना हराएको मान्छेलाई सबैले मन पराएपछि अब हरिवंश अर्को पुस्तकको तयारीमा पनि छन् ।


रेखा थापा

रेखा थापाले त आफूलाई कम पढेको र अशिक्षित भन्नेहरुलाई सोझै मुर्ख भन्छिन् । उनी कोही व्यक्ति कुनै पनि पेशामा सफल छ भने त्यसलाई अशिक्षित भन्न नमिल्ने बताउँदै आएकी छिन् । रेखा जीवनमा अघि बढ्नको लागि र जीवन व्यवस्थित गर्नको लागि पढिने र त्यो आफूले सिनेमाबाट सिकेको बताउँछिन् । रेखा कहिलेकाही त आफूले कलेजसम्म पढेको पनि बताउँछिन् । तर उनी एस एल सी पनि नगर्ने सेलिब्रेटीमा पर्छिन् । रेखा थापाले १६ वर्षको उमेरमै सिनेमा खेल्न सुरु गरेकी थिइन् । सानै उमेरमा कलाकारितामा लागेपछि पढ्न मन नभएका कारण उनले अध्ययनलाई अघि नबढाएको बुझिन्छ । तर कलेजसम्म गएको छु भन्ने उनले आफूलाई पिएचडी गर्न मन भएको पनि बताएकी थिइन् । तर रेखाले जुन समय सिनेमालाई दिइन् त्यो समय पढाईमा खर्चेको भए सायद पिएचडी पनि गर्थिन् होला ।


ऋषि धमला

पत्रकार कम कलाकार ज्यादा ऋषि धमला १४ वर्षको उमेर देखि नै पत्रकारितामा सक्रिय भएका हुन् । पत्रकारितामा सानै उमेरमा लागेका कारण नै उनले पढाइलाई अघि बढाउन सकेनन् । व्यस्त जीवनमा उनले एसएलसीसम्म दिन भ्याएका छैनन् । उनी कम पढेर धेरै प्रगति गर्ने व्यक्तिमा पर्छन् । विल्सन बिक्रम राई: कलाकार विल्सन बिक्रम राई भन्छन, मलाई त एसएससी ले सिध्याएको हो । धेरै कमलाई थाहा होला सायद यो कुरा उनले एसएलसी पास गरेका छैनन् । तर उनले अभिनयमा भने निकै राम्रो प्रगती गरेका छन् । टेलिसिरियल मेरी बास्सैमा तक्मे बुढाको भूमिका निभाएपछि उनी रातारात चर्चामा आए । पहिले जति नै मेहनत गरेपनि उनी कलाकारको रुपमा चिनिएको भनेको तक्मे बुढा भएपछि नै हो । अहिले उनी नेपाली सिनेमामा मात्रै हैन बलिवुडसम्म पुगेका छन् । उनले बलिवुडमा गएर दुईवटा सिनेमामा काम गेका छन् । उनले अभिनेत्री आयशा टाकिया र शाहिद कपुरसँग काम गर्ने सुनौलो अवसर पाइसकेका छन् । विल्सनले मानिस सफल हुनको लागि पढ्नै पर्छ भन्ने छैन भन्ने पुष्टि गरिदिएका छन् ।


छविराज ओझा

नेपाली सिने उद्योगका ‘बा’ निर्माता छविराज ओझालाई त पढाइ भनेपछि सधैँ ज्वरो नै आउँथ्यो रे । आफ्नो एसएलसीको बारेमा कुरा गर्दै उनी भन्छन्, ‘एसएलसी दिन सुरु गरेको २०३७ सालमा हो र पास गरेको ४० सालमा । खास कुरा छविराज ओझाले सजिलै एसएलसी पास गर्न सकेनन् । उनी तीन पटक फेल भएपछि चौथो पटकमा पास भएका हुन् । अंग्रेजी विषय फिटिक्कै मन नपराउने उनलाई सधैँ अंगे्रेजीले फेल गराउँथ्यो । लगातार तीन पटक फेल भएका छवि चौथो पटकमा सेकेण्ड डिभिजनमा पास भएका थिए ।


करिश्मा मानन्धर
जानकारी अनुसार अभिनेत्री करिश्मा मानन्धरको औपचारिक अध्ययन भनेको ८ कक्षासम्म मात्रै हो । उनले त एसएलसीको स्वाद पनि चाख्न पाइनन् । आफ्नो पढाइको बारेमा उनले केही समय अघि एक कार्यक्रममा बताएकी थिइन् । करिश्माले आफूलाई चाहिने ज्ञान अनौपचारिक तरिकाले भने लिएकी छन् । शिक्षामा पछि रहेकी करिश्मा कलाकारिता र सुन्दरतामा भने अघि छिन् । उनको अभिनय र सुन्दरताको अहिले पनि उत्तिकै तारिफ हुन्छ । उनी नेपाली सिनेमाकी सदाबहार नायिका हुन् ।


धिरेन शाक्य

दर्जनौं सिनेमा खेलेर सबैको मन जितेका अभिनेता धिरेन शाक्यले पनि एसएलसी पास नगरेको बुझिन्छ । उनले एसएलसीको स्वाद चाखे की चाखेनन् त्यसको आधिकारिक पुष्टि भने भएको छैन । पढाइमा पछि रहेपछि उनी अभिनय र फिटनेसमा भने सधैँ अघि छन् । दशक पहिलेका अभिनेता उनी अहिले पनि केही म्युजिक भिडियोमा देखा परिरहन्छन् । अहिले धिरेन शाक्य नेपाली सिनेमाको ईतिहासमा कहिल्यै बिर्सन नसकिने नाम भएर स्थापित भएको छ ।


धमेन्द्र सेवाङ

२०५४ सालमा एसएलसी दिएका गायक धमेन्द्र सेवाङ पनि दुई पटक फेल भए । त्यसपछि उनले एसएलसी नै दिन छाडे । किनकी त्यसपछि उनी गायनमा व्यस्त हुँदै गए । तर पछि करिअरमा सफल भइसकेपछि उनलाई पढाइको कमि भएको महसुस भयो र फेरि २०६४ सालमा एसएलसी दिए र पास भए । पढाइको असफलता बारे कुरा गर्दै उनी भन्छ्न, एसएलसीमा फेल भएपनि जीवनमा भने कहिल्यै पनि फेल भएको छैन ।

विष्णु माझी
लोक गायिका विष्णु माझीले पनि एसएलसी दिएकी छैनन् । सयौँ गीतमा आवाज दिएकी उनी सार्वजनिक कार्यक्रमहमा जाँदै जान्नन् । उनका फ्यानहरुले उनलाई अहिलेसम्म सार्वजनिक रुपमा देख्न पनि पाएका छैनन् होला । किनकी उनको जिन्दगीको यात्रा भनेको रेकर्डिङ स्टुडियो र घर मात्रै हुन्छ । सुन्दरमणि अधिकारीसँग वैवाहिक बन्धनमा बाँधिएकी उनलाई धेरैले बन्धक बनाएर राखिएको छ भन्ने कुराहरु गर्छन् । त्यसको आधिकारिक पुष्टि भने भएको छैन । बुझिए अनुसार विष्णु माझीले काम चलाउ शिक्षा मात्रै लिएकी छिन् ।

साभार