इलाममा इन्दिराको धमाकेदार प्रस्तुति

झमझम पानी परेर चिसिएका माहोललाई इन्दिरा जोशीको आगमनले भरपुर आनन्दले तताएको थियो । सूर्योदय नगरपालिकाका बासिन्दाहरु इन्दिराको आगमनले जोसिएक थिए । नयाँ बर्ष लक्षित दास्रो सडक महोत्सबको पहिलो दिन नै इन्दिराले माहोललाई धमाकेदार तरिकाले तताइन् । मानिसहरु चिसोको वास्ता नगरि फिक्कल बजारमा भेला भएका थिए । इन्दिरा जोशीको प्रस्तुति हेर्ने अबसर सूर्याेदय होटेल एसोसियसनले जुराएको थियो ।
लामो समयको प्रतीक्षा पछि करिब साढे ८ बजे ‘बेहुली’ गीत गाउदै इन्दिराले स्टेज प्रबेश गरिन । उनले प्रेमगीत २ का मोटरसाइकलमा घुम्नलाई जाउँ कान्छि , उध्रको चोली, म त मर्छु कि क्या हो ठूली लगायतका गीतहरु गाउँदै दर्शकहरुलाई जुरुक जुरुक पारन् । करिब ४० मिनेटको प्रस्तुतिले सूर्याेदय नगरबासिहरु लठ्ठ परेका थिए । उनीहरु वान्स मोर बान्स मोर भन्दै जोशीलाई आग्रह गरिरहेका थिए भने जोशीले पनि केही गीतहरु दोराएर गाइदिइन् । लामो समयपछि राष्ट्रियस्तरको कलकारको प्रस्तुति भएकाले सूर्योदय नगरवासीले जोशीलाई राम्रैसँग साथ दिए ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया