दाईजो प्रथामा आधारित फिल्म ‘भोर’को हेटौडामा च्यारीटी सो सम्पन्न

तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको फिल्म ‘भोर’को हेटौडामा च्यारीटी सो सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ मकवानपुरले आयोजना गरेको च्यारीटी सो हेरे पछि दर्शकहरुले फिल्मको खुलेर प्रशंसा गरेका छन् ।
दर्शकहरुसँग बसेर फिल्म हेर्दै निर्देशक यादब भट्राईले फिल्ममा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि भट्टराईले सती प्रथामा आधारित ‘झोला’ निर्देशन गरेका थिए । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेपछि प्रतिक्रिया दिँदै प्रहरी उपरिक्षक खनाल तथा माईति नेपालकी संयोजक लामाले यस्ता खालको फिल्मले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिकृया दिएका छन ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र ‘भोर’ तराईमा भएको वास्तविक घटनामा आधारित फिल्म भएकोले च्यारिटि शो गरेको जानकारी दिए । फिल्ममा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि.एन पटेल लगायतको अभिनय रहेको छ । फिल्मलाई देवेन्द्र सुवेदीले निर्माण गरेका हुन । निमार्ता सुवेदीले हेटौडाका दर्शकहरुले भोर लाई बोर नमानी पुर्ण रुपमा हेरेर प्रतिक्रिया दिएकोमा धन्यवाद ज्ञापन गरे । सँगसँगै फिल्मको ट्रेलर समेत सार्वजनिक भएको छ ।

बिहे अघि पूर्व मिस नेपालहरुसँग श्रृङ्खलाले साटिन् खुशी

‘चिठ्ठी’को ‘टुटेको तारा’ गीत सार्वजनिक

‘दान्भी’को फस्टलुकमा मेसिनगन बोकेकी पूजा

दीपक र केदारबिच बाहिरी ब्यानरको एक–एक वटा फिल्म खेल्ने सहमति

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

प्रतिक्रिया