दया दाई, शो नै क्यान्सिल भो त !

अभिनेता दयाहाङ राई भनेपछि हलमा दर्शक उर्लन्थे । दर्शक हलमा उर्लिएपछि दयालाई लिएर फिल्म बनाउन निर्माताले मरिहत्ते गरे । दयाले पनि पैसा पाए भन्दैमा खुरुखुरु फिल्ममा काम गरे । यसरी, काम गरे कि अब उनलाई दर्शकले पत्याउनै छाडेका छन् ।
दयाहाङ अभिनित फिल्मको शो मल्टिप्लेक्समा दर्शक नभएर क्यान्सिल भयो भने के होला ? आज यस्तै भयो । दयाहाङ अभिनित फिल्म ‘नेप्टे’ आजबाट रिलिज भएको छ । तर, काठमाण्डौको कुमारी हलमा दयाको फिल्म हेर्न दर्शक नआएपछि शो नै क्यान्सिल गर्नुपरेको हो ।यसबाट पनि के थाहा हुन्छ भने, दयाबाट दर्शक विच्किएका छन् । दयाको करिअरमा यस्तो पहिलो पटक भएको छ । दयाको कमेडी रुपलाई दर्शकले मन पराउँछन् । फिल्म ‘नेप्टे’मा पनि दयाको कमेडी शैली हेर्न पाइन्छ । तर, दयाको स्टारडम निकै कमजोर बनेको छ । अब, पनि दयाले नसोचे कहिले सोच्ने ?

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया