पूजालाई प्रदिपको माया

अभिनेता प्रदिप खड्का अभिनेत्री पूजा शर्माको मनमा कति गहिरो गरी बसेका रहेछन् भन्ने वुझ्न गाह्रो छैन । ३ बर्ष पूजा र प्रदिप आ-आफ्नै घमण्ड र स्टारडमको हौवाका कारण बोलेनन् । तर, पनि पूजा र प्रदिप एक अर्काको मनमा बसेका रहेछन् ।

केही हप्ता अगाडि पूजा र प्रदिप स्टार मलमा भेटिए र बोलचाल गरे । त्यो समयमा प्रदिपसँग पूजाले भाउ खोजिन् । सायद, यूवती भएका कारण पनि पूजाले भाउ खोजेको हुनपर्छ ।
तर, त्यो भेटपछि पूजाको मनमा प्रदिपप्रति माया पलाएको छ । पूजाले प्रदिप अभिनित फिल्म ‘लिलिबिली’ रिलिजको दिन प्रदिपलाई शुभकामना दिदै माया बर्साइन् । उनले, प्रदिपसँग खेलेको फिल्म प्रेमगीतको सम्झना गरिन् ।
पूजाले प्रदिपलाई शुभकामना छ तिमीलाई भन्दै गर्दा उनको प्रदिपप्रतिको प्रेम झल्किएको थियो । साच्चै, पूजाले प्रदिपलाई कति माया गर्दिरहिछन् ।

यो जोडीलाई पर्दामा देख्न चाहने दर्शकको चाहना चाडै नै पुरा होस् ।