गायिका मिरा नेपाली सुगम संगीतमा अघी बढ्दै

अन्तर आत्मा देखी बसेको प्रेम सफलताको शिखरमा पुग्दा बिगत सम्झनामा मात्र सिमित हुन्छ । माया र प्रेम केबल सम्झना मात्र हुन पुग्छ ।
आफ्नो लेखनलाई गीतकार बिष्णु कार्कीले न्याय गर्दै गर्दा, संगीतकार नारायण सुबेदी आभासले मिठो संगीत गरेको गीतमा गत साल नब गायिकाको थुप्रै अवार्ड जितेर चर्चा बटुल्न सफल  गायिका  मिरा कार्कीले सुमधुर स्वर दिएकी छिन । सन्दर्व गायिका मिरा कार्कीको ‘छोडेर जान्छेउ’ गीतको भिडियोको हो ।

बुढा सुब्बा डिजिटलको यूटुब मार्फत सार्बजनिक गीतको भिडियोलाई केशब गजुरेलले निर्देशन गरेका हुन् । भिडियोमा सितल सिलवाल, समिता गिरि र हरी सिलवालको अभिनय रहेको छ ।