पहिलो दिन कति कमायो फिल्म ‘लिली बिली’ले ?

हिजोबाट प्रदर्शन आरम्भ गरेको फिल्म ‘लिली बिली’ले सुखद सुरुवात गरेको छ । देशभर ७८ वटा हलमा रिलिज भएको फिल्मले काठमाडौंका मल्टिप्लेक्स हलमा समेत अधिकाङ्श शो पाएको छ । क्युएफएक्स चेनमा मात्र २५ शो पाएको लिली बिलीले बिग सिनेमामा ७ शो पाएको छ । प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको फिल्मले पहिलो दिनमा कुल ८२ लाखको करोबार गर्न सफल भएको छ ।
उपत्यका भित्र कुल ४२ लाखको ब्यापार गरेको फिल्मले उपत्यका बाहिर ४० लाख बराबरको ब्यापार गरेको निर्माता तथा बितरक गोबिन्द शाहीले जानकारी दिएका छन । शुक्रबार अधिकाङ्श शो हाउसफुल भएको फिल्मको शनिबार पनि शुक्रबारकै शो कायम रहेको छ । नायक प्रदिप खड्काले भने,’पहिलो दिनको प्रतिकृया राम्रो पाएको छु । मिडिया तथा सर्वसाधारण दर्शकबाट पाएको प्रतिकृया हेर्दा फिल्म आजबाट अझै राम्रो जानेछ । फिल्म मन पराउनु भएको छ । जुन एक्स्पेक्टेसन थियो त्यो मिट भएको छ । हिजो बिहानी शोमा दर्शक संख्या केही कम भए पनि आज बिहानी शो देखिनै हाउसफुल भएको छ ।’ फिल्म सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन भने मिलन चाम्सले निर्देशन गरेका हुन ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया