फिल्म ‘पर्व’ युट्युबमा सार्वजनिक

- मेराेफिल्म

नायिका माला लिम्बु र निर्देशक निश्चल बस्नेतले फिचरिङ गरेको आइटम नम्बर गीत ‘काले दाई’ समावेश फिल्म ‘पर्व’ युट्युबमा सार्वजनिक भएको छ । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म नयाँ वर्ष २०७५ सालको अवसर पार्दै वैशाख १ गतेबाट युट्युबमा रिलिज गरिएको हो ।

सुवास गिरीको निर्माण र दिनेश राउतको निर्देशनमा बनेको थ्रिलर फ्लेबरको फिल्म वर्षकै प्रतिक्षित फिल्ममा परे पनि व्यावसायिक रुपमा भने सफल हुन सकेन ।
फिल्ममा नम्रता श्रेष्ठ, कोशिष क्षेत्री, माला लिम्बु, केशव भट्टराई, जेबिका कार्की, अमितेष शाह, प्रिया रिजाल, श्रेयष तिमल्सिना र पवन शाक्यको अभिनय छ ।

२०७५ वैशाख १ गते १२:०० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *