आँफै देखी टाढा आकाश (फोटो/भिडियो)

फिल्म निर्देशक बशन्त निरौलाको निर्देशनमा रहेको ‘आँफै देखी टाढा’ गीतको भिडियो सार्वजनिक भएको छ । शब्द,संगीत तथा स्वर समेत आकाश आचार्यको रहेको उक्त गीत फरेएभर लभ एल्बममा समाबेश रहेको छ । पवित्रा आचार्य र गायक आकाश आचार्य फिचर गरिएको भिडियोमा कमल प्रसाईँको ड्रोन, दिब्य सुवेदीको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियोलाई सागर आचार्यले निर्माण गरेका हुन । गायक आचार्यले भने, ‘यो गीत मेरा श्रोता तथा दर्शकका लागी नयाँ बर्षको उपहार हो । आशा छ साथ सहयोग अनी माया पाउनेछु ।’