प्रदिप खड्काको क्यामरामा ‘लिली बिली’का दर्शक (फोटो फिचर)

हिजोबाट प्रदर्शन आरम्भ गरेको फिल्म ‘लिली बिली’ले सुखद सुरुवात गरेको छ । यसै बिच दर्शक प्रतिकृया लिन फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, जसिता गुरुङ लगायत निर्माण टिम उपत्यकाका बिभिन्न हलमा पुगेका छन ।

नायक प्रदिप खड्काको क्यामरामा कैद यी तस्बिरहरु हेर्दा प्रदिप र लिली बिली टिमको लोकप्रियाता प्रस्ट देखिन्छ । दर्शकको प्रत्यक्ष प्रतिकृया लिन हल पुगेका नायक प्रदिप खड्काले भने, ‘प्रत्यक्ष भेटेर दर्शकको जुन माया पाएँ, मलाई अझै हौसला बढेको छ । दर्शकको साथले अझै राम्रा राम्रा र फरक खालका फिल्महरु गर्ने जोश बढेको छ ।’ खुशी साट्दै उनले भने, ‘फिल्म प्रदर्शन पुर्वको मेरो अनुमान भन्दा पनि राम्रो साथ पाएँ ।’

फोटो : नायक प्रदिप खड्का