‘लिली बिली’को दोश्रो दिनको कमाई कति ?

२०७४ सालको अन्तिम दिन चैत्र ३० गते देखी प्रदर्शनमा आएको फिल्म लिली बिलीले प्रदर्शनको दोश्रो दिन राम्रो ब्यापार गर्न सफल भएको छ । पहिलो दिन कुल ८२ लाखको ब्यापार गरेको फिल्मले हिजो शनिबार देशभर हाउसफुल शोका साथ कुल १ करोड ३६ लाख ८३ हजार ९५६ कलेक्सन गर्न सफल भएको छ ।
उपत्यका भित्र कुल ७१ लाख ८३ हजार ९५६ को ब्यापार गरेको फिल्मले उपत्यका बाहिर ६५ लाख भन्दा बढीको ब्यापार गरेको निर्माता तथा बितरक गोबिन्द शाहीले जानकारी दिएका छन । यसरी हेर्दा लिली बिलीको दुई दिने कलेक्सन २ करोड १८ लाख भन्दा बढी भएको छ । निर्माता/बितरक गोबिन्द शाहीले भने ‘शनिबारको शोमा दर्शकको महासागर देखियो । प्रदिप र जशिताको जोडीलाई दर्शकले खुब रुचाउनु भयो । कतिपय दर्शकले टिकट समेत पाउनु भएन । बर्षको अन्त्य र सुरुवात एक उत्कृष्ट फिल्मबाट भएको प्रतिकृया पाएका छौँ त्यसमा लिली बिली निर्माण टिम निकै खुशी छौँ ।’
मिलन चाम्सले निर्देशन रहेको लिली बिली सुदिप खड्का र गोबिन्द शाहीले संयुक्त रुपमा निर्माण गरेका हुन भने फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप बिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया