असार २९मा वीराङ्गना

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गना असार २९ मा देश भर रिलिज हुने कन्फर्म भएको छ । निर्देशक राज बहादुर सानेले आफ्नो जन्मदिनमा फिल्मको छायाँकनमा सहयोग गर्ने व्यक्तिहरु शशस्त्र प्रहरीका नव नियुक्त आईजिपी शैलेन्द्र खनाल, सुरेश पन्थी, छविराज ओझा लगायतलाई धन्यवाद ज्ञापन गर्दै फिल्मको रिलिज डेट कन्फर्म गरेका हुन ।
फिल्मको वितरण भ्याली भित्र बि.के फिल्मस्का गोपाल कायस्थ र भ्याली बाहिर एफ.डी कम्पनीले गर्नेछन । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको हो । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा शिल्पा र अनुपका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया