फिल्म ‘रानीमहल’मा मिस नेपाल २०१७ निकिता चन्डक फाइनल

मिस नेपाल २०१७ निकिता चन्डकले फिल्म ‘रानीमहल’ साईन गरेकी छिन् । यसअघी फिल्ममा नायिका बर्षा सिवाकोटी फाइनल भएकी थिइन तर उनले फिल्म घोषणा पछी बिचमै छाडेकी थिइन ।

बर्षाले फिल्म छाडेपछी निकितासँग कुरा गरेको निर्माण टिमले निकिता मिस नेपाल २०१८ प्रतियोगिताका लागि ब्यस्त भएकोले सम्झौता हुन सकेको थिएन । यध्यपी मौखिक सहमति भने भैसकेको थियो । मिस नेपाल प्रतियोगिता सकिएपछि आज निर्माण टिम र चन्डक बिच लिखित सहमति भएको हो । निकिताले अब रानीमहलबाट नेपाली फिल्ममा डेब्यु गर्नेछिन् ।  फिल्ममा निकिताले नव नायक प्रितमराज सेन्चुरीसँग स्क्रीन सेयर गर्दैछिन् । निकिता र प्रितमका अलावा फिल्ममा विनोद सापकोटा, साहिल श्रेष्ठ, मानस्वी खरेल, निर शाह, बिएस राना, केशव भट्टराई, सुष्मिता बमजन, दिपक क्षेत्री, रश्मि भट्ट, उमा बेबी, विष्णु सापकोटा, नगेन्द्र रिजाल, युनिता खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दै छन । स्वस्तिक फिल्म्सको व्यानरमा निर्माण हुने ‘रानीमहल’लाई बिमल भुसाल निर्माण गर्न लागेका हुन । फिल्ममा दीपक पौडेलको पटकथा, निरज कँडेलको छायाङ्कन, हिमाल केसीको द्वन्द, अर्जुन पोखरेल र हर्कुलस बस्नेतको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।