जेठ १८मा ‘बेवी आइ लभ यु’, ‘भैरे’सँग भिड्दै

जेठ १८मा ‘बेवी आइ लभ यु’ रिलिज हुने भएको छ । शिव न्यौपानेको प्रस्तुती रहेको ‘बेवी आइ लभ यु’मा सन्तोष खड्गी र पूजा तिवारी, सरोज खनाल, निर्मल शर्माको मुख्य भूमिका रहेको छ । फिल्मको कथा तथा संगीत नव नायक सन्तोष खड्गीकै रहेको छ । कार्टुन्ज क्रु फिचरिङ फिल्ममा समावेश कान्छी मायालु बोलको गीत सार्वजनिक भैसकेको छ ।
‘बेवी आई लभ यु’मा सृजना परियार र दुर्गा पाण्डे सह-निर्माताको रुपमा रहेका छन् । फिल्मले युवा दर्शकलाई हलमा आकर्षण गर्ने युवा निर्माता शिव न्यौपान बताउँछन् । फिल्मको छायाँकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ । पछिल्लो समय एक पछी अर्को फिल्म रिलिज डेट जुधिरहेका छन । गत चैत्र ३० गते फिल्म लिली बिली र नेप्ट एक साथ रिलिज भएका थिए भने बैशाख १४ गते फिल्म कोहलपुर एक्स्प्रेस र ह्याप्पी डेज जुद्धै छन । यसै बिच फिल्म ‘बेवी आइ लभ यु’ले आफ्नो प्रदर्शन मिती जेठ १८ गते तय गरेको छ । जेठ १८ मै दयाहाङ राईको ‘भैरे’पनी रिलिज हुँदै छ ।

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया