प्रियंका र दयाको यो कस्तो माया ?

अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज जोशीको प्रेममा परेपछि उतै रमाएकी छिन् । जसलेगर्दा, उनको कुनै बेलाका क्लोज साथी दयाहाङ राइसँगको सम्बन्ध पहिलेको जस्तो छैन । दया र प्रियंका कुनै बेलामा यति नजिक थिए कि, दैनिकजसो यी दुइको फेसबुकमा एक अर्कासँगको तस्बिर हुन्थ्यो । फिल्ममा पनि यी दुइले एकसाथ काम गर्थे । यतिसम्म कि, प्रियंका र दयाले फिल्म निर्माण कम्पनी खोल्ने तयारी समेत थालेका थिए ।

तर, अहिले सबै लथालिङ्ग भएको छ । दया र प्रियंकाको सम्बन्ध पहिलेको जस्तो छैन । यी दुइले अलग भएपछि फिल्ममा पनि सँगै काम गरेका छैनन् । यी दुइको सम्बन्ध अहिले सुमधुर छैन भन्ने बुझ्न गाह्रो छैन । तर, शनिबार अभिनेता दयाहाङको जन्मदिनमा प्रियंकाले स्टाटस लेख्दै उनलाई शुभकामना दिइन् । प्रियंकाले लेखिन्–‘प्यारो दया, तिमीलाई सधै यसैगरी हासिरहेको देख्न पाउ । मनले चिताएको हरेक कुरा पुगोस् । तिमीलाई जीवनको हरेक पाइलामा सफलता मिलोस् ।’
प्रियंकाले दयालाई जन्मदिनको शुभकामना दिदै प्यारो दया भनेकी छिन् । तर, यी दुइको निकटता पहिलेको जस्तो प्यारो भने छैन । साच्चै, बुझ्न नसकिने खालको छ दया र प्रियंकाको माया ।