‘आमा’

आमाको मुख हेर्ने दिनको छेको पारेर गायक लेखु सहयात्रीले ‘आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । राजन खतिवडाको संगीत रहेको गीतको शब्द गायक सहयात्रिकै रहेको छ । गीतको एरेन्ज फणिन्द्र राईले गरेका हुन् भने मिक्सिङ श्यामस्वेत रसाईलीले गरेका छन ।
अर्जुन अधिकारीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन । भिडियोमा सुशान्त खत्री फिचर्ड छन । उनले भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’मा सहभागी भएर चर्चा कमाइसकेका छन । कन्टेम्पोररी डान्स फर्म त्यसमापनि लिरिकल डान्समा सुशान्त चर्चित छन् ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया