“एउटा यस्तो प्रेम कहानी” मार्फत शिव श्रेष्ठ छोरालाई फिल्ममा डेब्यु गराउँदै

अभिनेता शिव श्रेष्ठले फिल्म “एउटा यस्तो प्रेम कहानी” निर्माण गर्ने भएका छन । सोही फिल्मबाट उनले आफ्ना छोरा शक्ति श्रेष्ठलाई डेब्यु समेत गराउँदै छन ।

शिव श्रेष्ठकै कथा तथा प्रस्तुति रहेको फिल्मको केही दिन अघी एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्माननीय उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा निर्माणको घोषणा र मुहूर्त गरिएको थियो । मुहूर्त समारोहमा बोल्दै उपराष्ट्रपति पुनले अहिले सम्मका चलचित्रभन्दा फरक र राम्रो बनोस् भनेर शुभकामना दिएका थिए । श्रेष्ठ आँफै पनि एक्सन स्टारको रुपमा परिचित छन र उनले आफ्नो फिल्ममा खलनायकको भूमिकाकालागि सिङ्गापुरमा रहेका मार्शल आर्ट खेलाडी प्रभू श्रेष्ठ, दर्जनौं हिन्दी फिल्ममा काम गरिसकेका र अहिले सन्नी देवलको फिल्ममा काम गरिरहेका नवराज विकलाई अनुबन्ध गरेका छन ।

फिल्ममा डिआईजीको भूमिकामा भने बहालबाला डीआईजी पवन खरेल नै रहने छन् । सुनील कट्वाल, दिनेश थापामगर, खुम तामाङ, सुजन गौतम, रामनारायण शाह सहनिर्माता रहेको फिल्म दिनेश दर्शनधारी, यशोदा राईले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।
यो फिल्म आउँदो भदौमा रिलिज हुने निर्माण युनिटले जनाएको छ । फिल्ममा अर्जुन पोखरेल, वसन्त सापकोटा र सन्तोष रजौरे लगायतको संगीत रहनेछ भने आनन्द कार्की, अन्जु पन्त, विश्व नेपाली, विष्णु चेम्जोङ्ग, सन्तोष रजौरे र मीना निरौलाको स्वर रहनेछ । कविराज गहतराज, वसन्त श्रेष्ठ, गोविन्द राई र कमल राई लगायतको नृत्यनिर्देशक रहने फिल्ममा रोशन भट्टराई द्वन्द्व रहनेछ ।

फिल्ममा प्रियंका कार्की, आयुष्मान जोशी, नरेन खड्का, वर्षा राउत, सन्जोग कोइराला, रेखा फागो, ध्रुव कोइराला, बसुन्धरा भूसाल र शिवानी गिरि लगायत दर्जनौँ चर्चित अनुहारहरू देख्न पाइने छ ।