‘१२ मा से’को दोश्रो गीत ‘माइलीको भट्टी’ सार्वजनिक

फिल्म १२ मा से को दोश्रो गीत ‘माइलीको भट्टी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा विकास राणाको शब्द, कल्याण सिंहको संगीर रहेको छ भने गीतमा मिना निरौला र संजय बडालको स्वर रहेको छ ।

जेष्ठ ११ गतेदेखी प्रदर्शनमा आउने उक्त फिल्ममा शिव बिकको कोरियोग्राफी रहेको छ भने बसु न्यौपानेको छायाङ्कन रहेको छ । प्रदिप पाठकको कथा, पटकथा, सम्बाद तथा निर्माण रहेको फिल्ममा जयकिसन र पूजानाका अलावा मरिचमान श्रेष्ठ, प्रदिप पाठक, पुरन थापा, सोनिका बस्तोला, सबनम दाहाल, राधा श्रेष्ठ लगायतको अभिनय रहेको छ ।