हिरो भन्दा कम छैनन् बाबु भैयाका छोरा


बलीउडका बाबु भैया परेश रावल फिल्म संगसंगै पोलिटिक्समा समेत एक्टिव छन् । उनकी पत्नी स्वरूप सापट पुर्व मिस इन्डिया हुन् । परेशका दुइ छोरा छन् अनिरुद्र र आदित्य । आदित्य अहिले २६ वर्षका भए जो बलीउड स्टार भन्दा कम लाग्दैनन् । तर उनको रुची बलिउडमा भन्दा स्पोर्ट्समा बढी छ । उनी फुटवल खेल्छन र उनको क्रिकेटमा समेत रुची छ ।

आदित्य फिल्मी हिरोका नभई रबिन्द्र नाथ टैगोर तथा सेक्स्पियारका फ्यान हुन् । उनी यी दुइको साहित्य धेरै नै मन पराउने गर्छन । यो बाहेक उनी अमेरिका र इन्डियामा डाइरेक्टरका लागि स्क्रिनप्ले राइटरको काम समेत गर्छन । उनी आफ्नो प्ले टाइम क्रिएसनको ब्यानरमा फिल्म बनाउन चाहन्छन ।