‘ह्याप्पी मदर्स डे टु द वन एण्ड ओन्ली लव’ – अनमोल केसी

‘ह्याप्पी मदर्स डे टु द वन एण्ड ओन्ली लव’ भन्दै अनमोल केसीले आफ्नी आमा सुस्मिता बम्जनसंगको आफ्नो बाल्यकालको फोटो सामाजिक संजाल फेसबुकमा पोष्ट गरेका छन् । सानै उमेरमा आमा बाबुको डिभोर्स भएपछि उनी बाबु भुवन केसीसंग बस्दै आएका छन् । आज आमाको मुख हेर्ने दिन मातातिर्थ औशीमा उनले आमालाई सम्झिएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा २०१३मा होस्टेल चलचित्रबाट प्रवेश गरेका अनमोललाई रोमान्टिक चलचित्र जेरीको लागी चिन्ने गरिन्छ । फिल्म जेरीमा उनले आना शर्मासंग अभिनय गरेका थिए । फिल्म ड्रिम्समा अबिरको भुमिकामा देखिएका उनले उक्त फिल्ममा नायिका सम्राज्ञी राज्य लक्ष्मी सँग स्क्रीन सेयर गरेका थिए भने ‘गाजलु’ मा पूर्व मिस नेपाल श्रीस्टि श्रेष्ठसंग । पछिल्लो समय उनी फिल्म ‘कृ’ मा समेत मुख्य भूमिकामा थिए । नायक केसी फिल्म ‘सुपरस्टार’ र ‘म त तिम्रै हो नी’ को निर्माता समेत रहेका छन् ।