जसितालाई ‘लिलिबिली’, हात्ती छिर्यो पुच्छर अड्कियो

अभिनेत्री जसिता गुरुङको अहिले तारिफ नै तारिफ छ । शुक्रबारबाट हलमा लागेको फिल्म ‘लिलिबिली’ले उनको भाग्य चम्काउने निश्चित छ । फिल्ममा उनले गरेको अभिनयको चौतर्फी तारिफ मिलेको छ । यसैले, जसिता पनि फुरुङ्ग छिन् ।
तर, जसिताको अभिनय हेरेका दर्शक र मिडियाकर्मीले फिल्ममा उनको आवाज भने सुन्न पाएनन् । निर्देशक मिलन चाम्सले यो फिल्ममा जसिताको आवाज डबिङ गराएका छैनन् । यो फिल्ममा जसिताको अभिनयमा जीवन भर्ने काम अभिनेत्री सारा सिर्पाइलीले गरेकी छिन् । साराको यही आवाजले पनि जसिता फिल्म भित्र बुलन्द देखिएकी छिन् ।
निर्देशक चाम्सले समय अभावका कारण जसिताको आवाज भर्न नसकिएको कारण दिएका छन् । उनले, जसिताको आवाज भर्नतर्फ लागेको भए चैत्र ३० गते फिल्म रिलिज नहुने समेत बताए ।
तर, जसितालाई अहिले ‘लिलिबिली’बाट पाएको प्रशंसाको पुरा अंश लिन मुश्किल छ । फिल्ममा कलाकारको आफ्नै आवाज प्रयोग नहुँदा धेरै पछाडि परेका छन् । यसैले, जसितालाई उनको आवाज नै भारी नपरोस् । जसिताका लागि अहिले ‘लिलिबिली’, हात्ती छिर्यो पुच्छर अड्कियो जस्तै भएको छ ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

प्रतिक्रिया