राजधानी केन्द्रित प्रचार प्रसारमा ‘डमरुको डन्डीबियो’

केही दिन अगाडी फिल्म प्रचार प्रसारका लागि मोफसल दौडमा निस्किएको फिल्म डमरुको डन्डीबियो टिम मोफसल टुर सकेर काठमाडौं फर्किएको छ । देशका मुख्य शहरहरु पोखरा, बुटवल, नारायणढ र धरानको टुर सकेर फर्किएसँगै फिल्म यूनिट अब राजधानी केन्द्रित प्रचार प्रसारमा ब्यस्त हुने भएको छ ।

मोफसल यात्राामा लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्माता तथा कलाकारको टोली थियो उनिहरु मोफसलमा हुँदै गर्दा राजधानीका चोक तथा मलहरुमा ठ्याक लगाउँने प्रतिस्पर्धा चलिरहेको छ । शिर्ष गीत र प्रोमो सार्वजनिक गरिसकेको फिल्म यूनिटले सकारात्मक प्रतिकृया पाइरहेको छ । तत्कालिन राष्ट्रिय खेल डन्डीबियोलाई सरकारले राष्ट्रिय खेलबाट हटाएको बिषयमा केन्द्रित फिल्म फरक बिषयवस्तुका कारण पनि प्रतिक्षित बनेको छ ।

फिल्ममा खगेन्द्र लामिछने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय रहेको छ । समृद्दी ईन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । विनोद गुरुङ र नोर्वु छिरिङ घलेको संयुक्त निर्माण रहेको फिल्म बैशाख २१ गते नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।