शाहिद-मीशा मस्ति


शाहिद कपूर आफ्नो नयाँ फिल्ममा ब्यस्त छन् । जति ब्यस्त भए पनि उनी आफ्नो परिवारलाई समय दिइरहेकै हुन्छन् । खाली समय हुने बित्तिकै उनी हाफ्नो परिवारसँग समय बिताउन मन पराउँछन् । एक क्युट छोरी र राम्री श्रीमती, शाहिद आफ्नो परसनल लाइफमा एकदम खुशी छन् । पछिल्लो समय शाहिदले आफ्नो सोशल मीडीयामा एक फोटो पोस्ट गरेका छन्, जसमा आफ्नो क्यूट छोरी मीशा कपूरका साथ कुरा गरिरहेका छन् ।

मीशा अब ठूली भैसकिन् र अली अली बोल्न थालेकी छन् । शाहिद र छोरी मस्ती गरिरहेको फोटो आफ्नो इस्टाग्राममा अपलोड गरेका छन् । भिडियोमा क्यूट मीशा एल्लो फ्रकमा दिखेकी छिन्, भने शाहिद उनलाई हसाईरहेका छन् ।