फिल्म ‘चङ्गा’को पहिलो गीत ‘कम्पनी माला’ सार्वजनिक

फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । राजेन्द्र थापाको शब्दमा राजनराज शिवाकोटीको संगीत तथा स्वर रहेको गीतमा शिवाकोटीसँगै अञ्जु पन्तको पनि स्वर रहेको छ ।

सबैजसो मुख्य कलाकार फिचर भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । निर्देशक किशोर भण्डारी ‘डिट्ठासाब’ले सार्वजनिक गीतलाई फिल्मको कथा र परिवेश सुहाउँदो भनेका छन् । पुर्णतः कमेडी फ्लेभरको फिल्मलाई लिएर निर्देशक भण्डारी आशावादी देखिएका छन । फिल्ममा बुद्धि तामाङ, कमलमणी नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारी लगायतको अभिनय रहेको छ ।

फिल्ममा राजनराजसँगै कमल खत्रीको संगीत समावेश छ । रविन आचार्यको छायाङ्कन रहेको फिल्ममा निर्देशक भण्डारीकै कथा समावेश फिल्मको निर्मात्री कलाकार समेत रहेकी रेश्मा नै हुन् । कार्यकारी निर्मातामा प्रकु पाण्डे रहेका छन । फिल्म जेठ २५ देखी रिलिज हुँदै छ ।