नवीन के भट्टराई र अतृप्त व्यान्डको प्रस्तुतिसँगै सकियो सूर्योदय सडक महोत्सव

आयोजकहरुले दोस्रो सूर्योदय सडक महोत्सवको औपचारिक कार्यक्रम समापन गरिसकेता पनि नगरवासीहरु भने आइतबार साँझ पनि फिक्कल बजारमा भेला भइरहेका थिए । सधैँ ७ बजे नै सुनसान हुने फिक्कल बजार २/३ दिन ११ बजेसम्म व्यस्त रहयो । अझ आइतबार त मेची राजमार्गमा खुट्टा राख्ने ठाउँसमेत थिएन । नगरबासीहरु भेला हुनुको कारण थियो महोत्सवको मुख्य आर्कषण नविन के भट्टराई र अतृप्त व्यान्डको प्रस्तुति बाँकी नै थियो । स्थानीय र झापाका व्यान्डको प्रस्तुती हेरिरहका दर्शकहरुले जव साँझको साढे ८ बज्यो एक्कासी नविन के भट्टराई स्टेज प्रवेश गरेपछि सिट्टी र तालीले स्वागत गरे ।

स्टेज प्रवेश गर्दै नवीन के भट्टराई आफनो प्रस्तुति दिन थाले। उनले ‘सबैले आफनो मोवाइलको लाइट बाल्दिनुहोस् है’ भन्दै ‘तिमीले हेर्दा कसैलाई गाह्र्रो हून्छ यो मनलाई’ गाँउदै गर्दा दर्शकहरु बार नाघेर नै स्टेज नजिक आउन खोज्दै थिए । दर्शकहरुलाई जोस्यादै भट्टराईले ‘आफुले माया गरेको मान्छे जति टाढा हुन्छ उति याँदहरुले जिवन फिक्का हुँदै रहेछ’ भन्दै ‘फिक्का छ फिक्का छु तिमी बिना यो जिन्दगी’ प्रस्तुती दिए । ‘राती कहिले काही आफनो मायालुको याँद आँउछ नि है’ भन्दै ‘फेरी तिमीलाई सम्झेर’ गाए ।

खै त हात माथी अब नाच्नुपर्छ लेटस गो भन्दै ‘तिमीलाई मनपराउँछु भन्न त भन मलाई’ ‘डर लाग्छ तिम्रो मेरो साथ छुटने हो की’, ‘सायद तिमी नै हौ मेरो धडकन सायद तिमी नै हौ भबिष्य र वर्तमान दुनियाको आँखा लाग्ला तिम्रो रुपमा’ ‘तिमी हौ लाखौ को धडकन म पनि हु एक हजारौमा’ लगायतका प्रस्तुती दिए । भट्टराईले स्टेजमा दिएका अनेकौ पोजहरुलाई दर्शकहरु ध्यान दिएर नियाली रहेका थिए ।

दर्शकहरुलाई विगत स्मरण गराँउदै भट्टराईले १८ बर्ष अगाडी इलाम आउँदा गाएको गित गाँउछु भन्दै ‘साँझपख एकान्तमा आफैलाई र्विसिदा मग्न हुन्छ म तिम्रो गित सुनेर’ प्रस्तुती दिँदा दर्शकहरुले पनि उनलाई साथ दिए । जति जति भट्टराई उतेजित हुँदै प्रस्तुती दिन्थे दर्शकहरु बार समेत भत्काउँन खोज्दै स्टेज तर्फ अघि बढन खोज्थे । अब अन्तिम प्रस्तुतीको रुपमा मेरो पहिलो गित है त भनेर बजाउँदा बजाउँदै जिवन बित्यो गाँउ गाँउदा जिबन वित्यो गाएर दर्शकहरु माँझबाट विदा भए । भट्टराई र अतृप्त व्यान्डले करिव डेढ घण्टा एक दर्जन गितबाट सुर्योदय नगरबासीहरुलाई झुमाए । त्यस अघि स्थानिय व्यान्डहरुले समेत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।