अस्ट्रेलीयाबाट ‘गर्लफ्रेन्ड’ लिएर आइन इन्दिरा जोशी

चर्चित सिङगिङ रियालिटि शो नेपाल आइडलकी जज एबम लोकप्रिय पप गायिका इन्दिरा जोशीको नयाँ गीत सार्बजनिक भएको छ । नेपाली नयाँ बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको ‘गर्लफ्रेन्ड’ गीतमा उनको आफ्नै शब्द र संगीत रहेको छ ।

मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको ‘गर्लफ्रेन्ड’को भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र, एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ । अस प्रोडक्सनकाको छायाङ्कन र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन ।