दोधारमा अनमोल

अभिनेता अनमोल केसीले चार वटा लभ स्टोरी फिल्ममा काम गरेपछि पाँचौ फिल्ममा आफूलाई परिवर्तन गरे । उनी, छैटो फिल्ममा पनि आफूलाई फरक भूमिकामा ढाल्दै छन् । फिल्म ‘कृ र क्याप्टेन’मा अनमोलको फरक भूमिका छ । ‘कृ’मा एक्सन अवतारमा देखिएका अनमोल ‘क्याप्टेन’मा भने फुटबल खेलाडीको भूमिकामा देखिदैछन् । अभिनेता केसीले आफूलाई प्रयोग गरिरहेका छन् । चार वटा लभ स्टोरी फिल्म खेल्दा उनलाई एकै प्रकारका फिल्ममा काम गरेको आरोप लाग्यो । यसैले, उनी नयाँ भूमिका खोजिरहेका छन् ।

तर, नयाँ भूमिका खोजिरहँदा अनमोललाई सकस भैरहेको छ । कारण, अनमोललाई दर्शकले चकलेटी अवतारमा बढी रुचाए । यसैले, उनी यतिबेला दोधारमा छन् । अनमोल कुन भूमिका गर्ने वा आफ्नो चकलेटी भूमिकालाई नै अगाडि लैजाने कुरामा केहि दोधारमा रहेको श्रोत बताउँछ । अनमोल एउटै भूमिकामा काम गरिराख्न पनि चाहन्नन् । तर, फरक भूमिका गर्ने बेला अहिले नै नभएको हो कि भन्ने सोच पनि उनको दिमागमा आएको छ । यसैले पनि अनमोललाई दोधार भैरहेको छ । अनमोल ‘क्याप्टेन’ पछि लभ स्टोरी फिल्ममै फर्कने सोचमा पनि रहेको वुझिन्छ । अनमोल कस्तो भूमिका गर्दा दर्शकले रुचाउँछन् भन्ने मै दोधारमा देखिएका छन् ।