नयाँ शोको तयारिमा कपिल शर्मा

- मेराेफिल्म


कमेडियन कपिल शर्मा बिरामी भएको खबर आएको छ । उनले एक दिनमा २३ ओटा ट्याबलेट खाने गरेको खबर बाहिर आएको छ  । कपिल शर्माको एक अडियो पनि भाईरल भइरहेको छ जहा उनले एक वेबसाईट डाईरेक्टरलाई मज्जाले थर्काइरहेका छन् । यहि कारण कपिल शर्माको सोशल मिडियामा आलोचना हुन थालेको छ ।कपिल शर्मासँग धेरै बर्ष काम गरिसकेका अलि असगरका अनुसार कपिल शर्मा बच्चाको जस्तै ब्यवहार देखाउँन थालेका छन् ।

अलिले एक इन्टरभ्युमा आफूले कपिललाई यस्तो हुनुको हालचाल बुझ्न खोज्दा कपिलको हातमा प्रिती सिमोस नाम लेखेको भेटाए । कपिल अलिलाई केहि कुरा बताउन चाहिरहेका थिए तर उनी आफ्नो कुरा प्रष्ट रुपमा भन्न सकिरहेका थिएनन् । अलि असगरले कपिलको नयाँ शोका लागि बधाई दिदा कपिल एकदमै भावुक भएको बताए । यो सुन्नमा आएको छ कि कमेडी नाइट वीद कपिल शर्मा शोका दौरानमा कपिल प्रिती सिमोसका साथ डेथ गरिरहेका थिए । तर यो प्रेम धेरै लामो टिकेन र प्रितीले आफ्नो लाईफ पार्टनर गन्नि चतरथ बनाएको र छिट्टै विवाह गर्ने सोसल साईटमा पोस्ट गरेकी थिइन् । सायद यसै कारणले कपिल यो हालतमा हुन् ।

२०७५ वैशाख ५ गते ८:४३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *