‘फेसन सिक्रेटस् 2’ सम्पन्न

गत चैत्र ३० गते लाजिम्पाटस्थित नेपाली चूलो रेष्टुराँ एण्ड ब्याङ्क्वेटमा ‘फेसन सिक्रेटस् 2’ सम्पन्न भएको छ । डिजाइनर नुदिना राईको कलेक्सनबाट फेसन सिक्रेटस् टूका फेसनमय रहस्यहरु पालैपालो उजागर हुँदै गएका थिए । नुदिना राईको कलेक्सन स्ट्रिट वेयरमा केन्द्रित थियो जसमा स्ट्राइप्स, चेक्स, प्रिन्टेन्ड शैलीमा मरुन, ब्लु, व्हाइट लगायतका कलरहरुको बहार थियो ।

डिजाइनर सुमन शर्माको प्रस्तुतिमा इन्डो वेस्र्टन शैलीको प्रधानता थियो । यो कलेक्सनको पहिरनहरुमा ह्यान्ड इम्ब्रोइडरी प्याटर्नको विशेषता देख्न पाइएको थियो । फेसन शो अन्तर्गत डिजाइरन बिजय कहरको कलेक्सनमा युरोपियन छाप देख्न पाइएको थियो । जसमा फ्लोर लेन्थ गाउन र थ्री पिस सुटको संयोजन थियो ।हलिउड शैलीबाट प्रभावित फ्लोर लेन्थ गाउन, जम्पसुट, कोट पाइन्ट आदिको कलेक्सनलाई रेड कार्पेट शीर्षकमा प्रस्तुत गरेकी थिइन् डिजाइर अनिता लोहनीले । उत्कृष्ट वीर विक्रम खड्काको सृजना भने स्ट्रीट् वेयरबाट प्रभावित थिए । जसमा कलरफुल फ्याब्रिक र प्रिन्टहरुको सुन्दर संयोजनमा पहिरनहरु प्रस्तुत गरिएका थिए । ड्रिस सर्च एजेन्सीको सहकार्यका नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजनामा संचालन भएको सो कार्यक्रममा डिजाइनर अन्चु पाण्डेको किड्स वेयर कलेक्सन पनि आकर्षक थिए । जस अन्तर्गत ब्ल्याक एण्ड व्हाइट कलर कम्बीनेसन रहेको सेमी फर्मल स्टाइलमा बाल बालिकाहरु रनवेमा प्रस्तुत भएका थिए । कार्यक्रममा क्यास्टिलो क्यासमिरको पस्मिना वेयरको प्रस्तुति तथा बिइङ ह्युमनको क्याजुयल वेयर कलेक्सनको प्रस्तुति संगै कार्यक्रमले बिट मारेको थियो ।

कार्यक्रमका इभेन्ट म्यानेजर आशिष पाण्डेका अनुसार यो फेसन कार्यक्रममा २४ जना युवती र ११ जना युवा मोडलहरुले उल्लेखीत डिजाइनरहरुले तयार पारेका पहिरनहरुलाई आफ्नो मोडलिङ कला र सीप मार्फत् प्रस्तुत गरेका थिए । कार्यक्रमको कोरियोग्राफी पुरन जोशीले गरेका हुन् भने उनलाई स्वस्तिका लामाले सहकार्य गरेकी थिइन् ।