डिरेक्टर प्रसन्न पौडेल बैवाहिक बन्धनमा

- मेराेफिल्म

दुई फिल्म मेरो बेस्ट फ्रेन्ड र कमलेको बिहे तथा चार सय भन्दा बढी म्युजिक भिडियो डिरेक्सन गरिसकेका प्रसन्न पौडेल आज विवाह गर्दै छन् । अमेरिका बस्दै आएका प्रसन्नले सर्लाही निवासी श्रीस्टि खतिवडा संग विवाह  गरेका छन् । नर्स श्रीस्टिसंग उनको एरेन्जड म्यारिज  हो ।   यी दुइको विवाह राम मन्दिर बत्तीस पुतलीमा भइरहेको छ ।

प्रसन्नको पहिलो विवाह 
प्रसन्न पौडेलको पहिलो विवाह नायिका तथा मोडल सिम्पल खनालसँग २०६४सालमा भएको थियो । २०६४ र २०६५ सालको बीचमा एक वर्ष मात्रै दाम्पत्य जीवन बिताएको यो जोडी छुट्टीएर आज अलग-अलग बाटोमा छन् । सिम्पलले चलचित्र माझी दाईबाट सिनेमा छेत्रमा पाइला टेकेकी थिइन र प्रसन्नसंग धेरै म्युजिक भिडियो गरिन् । एक समय थियो प्रसन्नको म्युजिक भिडियो सिम्प्लबिना बन्दैन थियो तर सम्बन्धमा चिसोपन आयो । बैवाहिक जीवन अगाडि बढाउन नसकेर उनीहरुले डिभोर्स गरे । त्यसपछी २०१६मा सिम्पलले यूकेका बिजनेस म्यान नदीमसँग विवाह गरिन र उनी अहिले एक सन्तान कि आमा पनि भएकी छन् । सिम्पलको कुरा आउना साथ प्रसन्न कुरा गर्न नै चाहदैनन् । उनी भन्छन्- ‘त्यो कुरा नै ननिकाल्नुस् प्लिज । मैले त्यसलाई आफ्नो मस्तिस्कको हार्डडिस्कबाटै डिलिट हानिसकेको छु।’









२०७५ वैशाख ५ गते ११:३७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *