प्रसन्न पौडेल वैवाहिक बन्धनमा, सृस्‍टि खतिवडासँग गरे दोश्रो विवाह (फोटो फिचर)

फिल्म स्वर, मेरो बेस्ट फ्रेन्ड र कमलेको बिहे तथा चार सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका प्रसन्न पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन् ।

अमेरिका बस्दै आएका प्रसन्नले सर्लाही निवासी सृस्टि खतिवडासँग विवाह गरेका हुन । नर्स श्रीस्टिसँग उनको मागी विवाह हो । बत्तीसपुतली स्थित राम मन्दिरमा उनीहरुले विवाह गरेका हुन् । कलाकर्मी र मिडियाकर्मीको न्युन उपस्थितिमा उनीहरुको विवाह भएको हो । उनलाई शुभकामना दिन सिनेमाटोग्राफर बिदुर पाण्डे, मोडल/नायक किरण लाकौल, मोडल/नायक बिनोद न्यौपाने, संचारकर्मी/मोडल बिबेक सिंह ठकुरी लगायात पुगेका थिए ।

प्रसन्नको पहिलो विवाह
प्रसन्न पौडेलको पहिलो विवाह नायिका तथा मोडल सिम्पल खनालसँग २०६४सालमा भएको थियो । २०६४ र २०६५ सालको बीचमा एक वर्ष मात्रै दाम्पत्य जीवन बिताएको यो जोडी छुट्टीएर आज अलग-अलग बाटोमा छन् । सिम्पलले चलचित्र माझी दाईबाट सिनेमा छेत्रमा पाइला टेकेकी थिइन र प्रसन्नसँग धेरै म्युजिक भिडियो गरिन् । एक समय थियो प्रसन्नको म्युजिक भिडियो सिम्प्लबिना बन्दैन थियो तर सम्बन्धमा चिसोपन आयो । बैवाहिक जीवन अगाडि बढाउन नसकेर उनीहरुले डिभोर्स गरे । त्यसपछी २०१६मा सिम्पलले यूकेका बिजनेस म्यान नदीमसँग विवाह गरिन र उनी अहिले एक सन्तान कि आमा पनि भएकी छन् । सिम्पलको कुरा आउना साथ प्रसन्न कुरा गर्न नै चाहदैनन् । उनी भन्छन्- ‘त्यो कुरा नै ननिकाल्नुस् प्लिज । मैले त्यसलाई आफ्नो मस्तिस्कको हार्डडिस्कबाटै डिलिट हानिसकेको छु।’