फिल्ममा न्युड हुदा समेत पतिलाई कुनै समस्या छैन


‘हेट स्टोरी २’ कि एक्ट्रेस सुरविन चावलाले जेनेवारीमा आफ्नो बिवाहको कुराले सबैलाई छक्क पारिन् । उनले २०१५ मा आफ्नो लामो समय देखि चल्दै आएको प्रेम सम्बन्धलाई अक्षय ठक्करसंग विवाहको रुप दिइन् । विवाहपछि पहिलो पटक करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छन्  । उनले भनिन्, यदि स्क्रिनमा किसिंग सिन या न्युड सिन दिन पर्यो भने पनि उनलाई कुनै समस्या हुदैन ।  उनले आफ्ना पतिले सबै फैसलाको समर्थन गर्ने कुरा समेत गरिन् ।

विवाहपछी कुनै किसिमको परिवर्तन आएको छैन । उनले भनिन, मेरो विवाहको कुराले मान्छे किन छक्क पर्छन ? अब त त्यस्तो दिन गयो जब एक्ट्रेस सक्सेस भएर मात्रै विवाह गर्नु पर्छ भन्ने । कति जनाले विवाहपछी पनि आफ्नो करियर राम्रो बनाएका छन् । विवाह र करियर फरक कुरा हुन् ,यी दुइलाई संगै जोडेर हेर्न मिल्दैन । यदि कोही राम्रो मान्छे पाइन्छ भने विवाह गर्दा हुन्छ । केहि सोच्न पर्दैन ।